माधव पक्षद्वारा ओलीपक्षका ७ सांसदसँग स्पष्टीकरण माग, चित्तबुझ्दो जवाफ नआए कारबाही गरिने

माधव पक्षद्वारा ओलीपक्षका ७ सांसदसँग स्पष्टीकरण माग, चित्तबुझ्दो जवाफ नआए कारबाही गरिने


सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिएका एमालेका ७ जना प्रदेश सभा सदस्यलाई एमाले संसदीय दलले स्पष्टीकरण सोधेको छ। 

दलका नेता प्रकाश शाहले ७ जनालाई पत्राचार गरि संसदीय दलको ह्विप किन उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेका छन्। पत्रमा २६ गते ५ बजेभित्र दलको कार्यालयमा स्पष्टीकरण दिन निर्देशन दिइएको छ।

निर्धारित समयभित्र स्पष्टीकरण नबुझाइए वा स्पष्टीकरण चित्त बुझ्दो नभए संसदीय दलको विधान अनुसार कारबाही गर्ने समेत चेतावनी दिइएको छ।

प्रदेशसभा सदस्य पठानसिंह बोहरा, लिलाधार भट्ट, रतन थापा, माया तामाङ बोहरा, ग्याल्बु बोहरा, नेपालु चौधरी र बलदेव रेग्मीलाई दलका नेता प्रकाश शाहले २४ घण्टे स्पष्टीकरण सोधेका हुन्। स्पष्टीकरण सोधिएका ७ जना  नै ओली पक्षका हुन्। 

आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिने बताएपछि मंगलबार बिहान एमाले संसदीय दलको बैठकले उनलाई विश्वासको मत दिने निर्णय गरेको थियो। 

तर, ओली पक्षका ७ सांसदले भने मुख्यमन्त्री भट्टको विपक्षमा मतदान गरेका थिए।

Logo