राजनीति कर्णाली

कर्णाली प्रदेशसभाको स्थगित बैठक आज पुनः बस्दै

15 Shares

कर्णाली प्रदेशसभा प्रतिपक्षीदल नेकपा (एमाले) ले भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग राखेपछि मंगलबार पनि प्रदेशसभा बैठक बस्न सकेन।  

प्रदेशसभाको बैठक सोमबार दिउसो २ बजे र बेलुका ५ बजे बसेको थियो। पहिलो बैठकमा प्रारम्भमै एमाले संसदीय दलका नेता यामलाल कँडेलले फौजदारी अभियोग लागेका यक्तिलाई प्रदेश सरकारको मन्त्रीमा राखेकोमा आक्रोश पोखेका थिए। दोषी करार व्यक्ति सभामा राख्ने स्थितिको अन्त्य र सुधार नगरेसम्म बैठक चल्न नदिने भन्दै एमालेका सदस्यले बैठक अवरुद्ध गरेका थिए। 

बैठक सञ्चालनका लागि सरकार र प्रतिपक्षबीच तीन घण्टा वार्ता भयो। त्यसको टुङ्गो नलागेपछि बैठक नै बस्न सकेन। दुवै पक्षबीचको निष्कर्षविहीन वार्तालाई विशेष कारण देखाउँदै प्रदेशसभा सचिवालयले जेठ २६ गते अपराह्न २ बजेसम्मका लागि बैठक स्थगनको सूचना गरेको छ।

प्रकाशित: २६ जेष्ठ २०७८ ०७:१२ बुधबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी