प्रदेश नं २ सरकारको नीति तथा कार्यक्रम बिहीबार प्रस्तुत हुने

प्रदेश नं २ सरकारको नीति तथा कार्यक्रम बिहीबार प्रस्तुत हुने


प्रदेश नं २ सरकारको नीति तथा कार्यक्रम बिहीबार प्रस्तुत हुने भएको छ। सभामुख सरोजकुमार यादवले आज प्रदेशसभा बैठकमा सो जानकारी दिएका हुन्। प्रदेश प्रमुख डा राजेश ‘अहिराज’ले दिउँसो २ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ।

यसैबीच मुख्यमन्त्री लालबाबु राउतले स्थानीय तहको सशर्त अनुदान योजना सन्दर्भमा उत्पन्न समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेपछि हिजोदेखि अवरूद्ध प्रदेशसभा बैठक आज पुनः सञ्चालन भएको छ। सशर्त अनुदान योजनामा प्रदेशसभा सदस्यले पेश गरेको योजना नसमेटिएको, स्वेच्छाचारी प्रवृत्ति देखिएको भन्दै विपक्षी दल नेकपा (एमाले) नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्यले बैठक अवरूद्ध गरेका थिए। 

आजको बैठकमा मुख्यमन्त्री राउतले स्थानीय तहको सशर्त अनुदानको योजना सच्याउने प्रतिबद्धता व्यक्त गर्दै सोका लागि कानूनमन्त्रीलाई निर्देशन दिएका थिए।रासस

Logo