राजनीति प्रदेश २

प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट तीन मन्त्रीले लिए सपथ

15 Shares

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् विस्तार गरेका छन्। उनले बुधबार साँझ नेपाली कांग्रेसका तीन प्रदेशसभा सदस्यलाई मन्त्री नियुक्त गरेका हुन्।

नवनियुक्त मन्त्रीमा राम सरोज यादव भौतिक पूर्वाधार विकास मन्त्रालय, ओम प्रकाश शर्मा खानेपानी तथा ऊर्जा विकास मन्त्रालय र वीरेन्द्रप्रसाद सिंह महिला, बालबालिका,  युवा तथा खेलकुद मन्त्रालय रहेका छन्। 

उनीहरूलाई बुधबार नै प्रदेश प्रमुख राजेश झा अहिराजले पद तथा गोपनीयताको शपथ गराएका थिए।

प्रकाशित: २७ जेष्ठ २०७८ ०६:३६ बिहीबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी