देशभरका सीडीओलाई गृहको सर्कुलर, कानून विपरितका गतिविधिमा कडाइ गर्न निर्देशन

देशभरका सीडीओलाई गृहको सर्कुलर, कानून विपरितका गतिविधिमा कडाइ गर्न निर्देशन


गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई १२ बुँदे सर्कुलर पठाएको छ। गृहले कानून विपरितका गतिविधिमा कडाइ गर्न १२ बुँदे सर्कुलरमा निर्देशन दिएको छ।

गृहमन्त्री खगराज अधिकारीले पदभार सम्हाले लगत्तै मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान कार्यालयलाई १२ बुँदे परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो।
गृहमन्त्री अधिकारीले देशमा शान्ति सुरक्षा, अमनचयन र नियम कार्यान्वयनमा गृह प्रशासन अब्बल देखिनेगरि काम गर्न निर्देशन पनि दिएका छन्।

नवनियुक्त गृहमन्त्री अधिकारीको निर्देशनमा गृहले जारी गरेको परिपत्रमा अपराध नियन्त्रणमा कुनै पनि सम्झौता नगर्न, चुनावी रणनीति तयार पार्न र सरकारबाट सञ्चालित विकासे आयोजना समयमै सम्पन्न हुने गरी तदारुकताका साथ जिम्मेवारी निर्वाह गर्न स्थानीय प्रशासन र सुरक्षा निकायहरुलाई निर्देशन दिइएको छ। 

गृहको परिपत्रमा शान्ति सुरक्षा, कोभिड संकट व्यवस्थापन, सीमा सुरक्षा एवं अपराध अनुसन्धान तथा नियन्त्रणमा केन्द्रीत रहन निर्देशन दिइएको छ।

Logo