गण्डकीका जनमोर्चा सांसद कृष्ण थापा पुनः पदमुक्त

गण्डकीका जनमोर्चा सांसद कृष्ण थापा पुनः पदमुक्त


राष्ट्रिय जनमोर्चाले पुनः गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई कारबाही गरेको छ। हृवीप उल्लंघन गरेकाले थापालाई फेरि पदमुक्त गरिएको हो।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार प्रदेश सभामा विश्वासको मत लिएका थिए । गुरुङविरुद्ध राजमोले मत हाल्ने निर्णय गरेको थियो तर, तर प्रदेशसभा सदस्य थापा तटस्थ बसे।

विश्वासको मत प्रस्तावमा प्रदेशसभामा मतदान हुँदा विपक्षमा मतदान हाल्न र तटस्थ नबस्न जनमोर्चाले हृवीप जारी गरेको थियो।

त्यसो त जनमोर्चाले हृवीप उल्लंघन गरेको भन्दै २० जेठमा पनि प्रदेशसभा सदस्य थापालाई पदमुक्त गरेको थियो। 

तर, थापा जेठ २१ मा सर्वोच्च अदालत गएका थिए। उनको रिटमा २३ जेठमा प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्च अदालतले थापालाई पुनर्वहाली गर्न अन्तरिम आदेश दिएको थियो। 

यसपटक पुनः जनमोर्चाले कारबाहीको जानकारी प्रदेशसभालाई गराईसकेको छ। प्रदेशसभाको आजै शुक्रबार बस्ने बैठकमा थापालाई पदमुक्त गरेको सूचना दिने तयारी रहेको स्रोतले जनाएको छ।
 

Logo