गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनद्वारा दाबी पेश

गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनद्वारा दाबी पेश


गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनले बहुमतसहित दाबी गरेको छ। 

नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वमा सरकार बनाउन विपक्षी गठबन्धनले दाबी गरेको हो । आज प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष दाबी पेश गरिएको पत्रमा ३१ जना सांसदको हस्ताक्षर छ । जसमा स्वतन्त्र सांसद दीपक मनाङे पनि रहेका छन्। उनी बिहीबार संसद बैठकमा उपस्थित थिएनन् ।

नयाँ सरकारको दाबी गर्ने मध्ये नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २ र जनता समाजवादी पार्टीका २ सांसद छन्। 

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत नपाएसँगै प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) बमोजिम नयाँ सरकार गठनका लागि आज २४ घण्टाको समय दिएकी थिइन् । सोही अनुसार विपक्षीहरु बहुमतसहित सरकार बनाउन कसिएका हुन्। 

Logo