गण्डकीका मुख्यमन्त्रीलाई विश्वप्रकाशको सुझावः इमान, पारदर्शीता र नम्रतालाई केन्द्रमा राख्नुहोस्

गण्डकीका मुख्यमन्त्रीलाई विश्वप्रकाशको सुझावः इमान, पारदर्शीता र नम्रतालाई केन्द्रमा राख्नुहोस्


नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बजेटमा कोभिडलाई प्राथमिकता दिन सुझाएका छन्।

संवैधानिक प्रावधानअनुसार प्रदेश सरकारहरूले आज बजेट सार्वजनिक गर्दैछन्।

बजेट सार्वजनिक हुनुभन्दा अगाडि आज बिहान प्रवक्ता शर्माले मुख्यमन्त्री पोखरेललाई बधाई, एवम् शुभकामनासहित सुझाव दिँदै भनेका छन्, ‘अक्सिजन सकिएर पोखराको अस्पतालमा जीवन गुमाएकी सुत्केरी अनि खर्च अभावमा अस्पतालबाट निकालिएका २१ दिनको शिशुलाई बजेट निर्माण गरिरहँदा सम्झनु नै हुनेछ।’

कोरोना संक्रमण भएर स्वस्थ भएका शर्माले मुख्यमन्त्री सबैको भएको भन्दै प्रदेश सरकारको औचित्य स्थापित गर्ने अवसरलाई सकारात्मक सन्देशले प्राण भर्न पनि आग्रह गरे।

उनले संवेदनशील अवस्था रहेको र यस्तो अवस्थामा एउटा गल्ती वा भ्रम नै काफी हुने भन्दै राम्रो काम गरेर देखाउन सुझाएका छन्।

गलत निर्णय नगर्न, सच्याउन र नकारात्मक प्रचार चिर्न संयोजन गर्न सुझाउँदै उनले इमान, पारदर्शीता र नम्रतालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्नेमा पनि जोड दिएका छन्।

Logo