निर्वाचन आयोग सरकारको कठपुतली बन्योः प्रवक्ता श्रेष्ठ

निर्वाचन आयोग सरकारको कठपुतली बन्योः प्रवक्ता श्रेष्ठ


नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोग सरकारको कठपुतली बनेको आरोप लगाएका छन्।

उनले सामाजिक सञ्जालमा उनले लेखेका छन्,‘निर्वाचन आयोग सरकारको कठपुतली भई कानून र लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेछ । संवैधानिक आयोगको यस्तो कार्य लज्जास्पद र भत्र्सनायोग्य छ। जसपा बारेको पछिल्लो निर्णयमा यो स्पष्ट भएको छ। नेकपाको बारेमा पनि यस्तै गरिएको थियो। अहिलेको राजनीतिक अस्थिरता र संकटको कारण त्यो पनि हो।’

प्रवक्ता श्रेष्ठले जनता समाजवादी पार्टीमा दुवै पक्षले गरेको कारवाहीलाई अमान्य घोषित गर्दै दुई अध्यक्षसहित पुरानै पदाधिकारी कायम रहने फैसला गरेपछि श्रेष्ठले सो आरोप र टिप्पणी गरेका हुन्।

जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बहुमतबाट अर्का अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई दलबाट निष्कासन गरी निर्वाचन आयोगमा जसपाको दर्ता किताबमा रहेको विवरण सच्याउन पत्राचार गरेका थिए।

त्यस्तै जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरले पनि यादवलाई निष्कासन गरेको भन्दै आयोगमा पत्र दिएका थिए। आयोगले दुवै पक्षको दावी नपुग्ने भन्दै निष्कासनको कारबाही अमान्य हुने निर्णय सुनाएको थियो।

श्रेष्ठले नेकपा पार्टीको बारे यस्तै निर्णय भएको भन्दै नेकपालाई पनि सम्झिएका छन्। श्रेष्ठले भनेका छन्, ‘लोकतन्त्र पक्षधर सबै मिलेर संवैधानिक अङ्गको यसप्रकारको गलत कार्यलाई समयमै रोकिहाल्नु पर्छ।’

Logo