गण्डकीका मुख्यमन्त्री पोखरेलले विश्वासको मत पाउने माओवादी केन्द्रको दाबी

गण्डकीका मुख्यमन्त्री पोखरेलले विश्वासको मत पाउने माओवादी केन्द्रको दाबी


माओवादी केन्द्रका गण्डकी प्रदेश संसद पूर्वमन्त्री लेखबहादुर थापाले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत नगुमाउने बताएका छन्।

केन्द्रबिन्दुसँग कुरा गर्दै उनले मुख्यमन्त्री पोखरेलले यसअघि ५ दलका ३१ जना सांसदको समर्थन पाएकोमा विश्वासको मत पनि ३१ जनाकै पाउने बताए।

बाहिर मुख्यमन्त्री पोखरेलले विश्वासको मत नपाउने गण्डकी प्रदेश ६ महिनापछि मध्यावधि निर्वाचनमा धकेलिने सम्भावना रहेको चर्चा आएजस्तो गण्डकी प्रदेशको अवस्था नरहेको उनले बताए।

सांसद थापाले मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत पाएपछि सबैलाई मिलाएर मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको र माओवादी केन्द्रले ४ वटा मन्त्रालय पाउने उनले दाबी गरे।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र सांसदको गठबन्धनबाट गण्डकी प्रदेशका मुख्यमन्त्री बनेका कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेश सभामा विश्वासको मत लिँदैछन्।

नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेल कांग्रेस बाहेक ४ दलको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।

उनी संविधानको धारा १६८ को ५ बमोजिमको मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। संबैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनै पर्ने व्यवस्था छ।

गण्डकी प्रदेशको आजको प्रदेश सभा बैठक दिउँसो १२ बजेबाट सुरु हुँदैछ। 

Logo