कोभिडको खोपका लागि कुटनीतिक पहल थाल्न अध्यक्ष ढकालद्वारा परराष्ट्रमन्त्रीको ध्यानाकर्षण

कोभिडको खोपका लागि कुटनीतिक पहल थाल्न अध्यक्ष ढकालद्वारा परराष्ट्रमन्त्रीको ध्यानाकर्षण


नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले उप–प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री रघुवीर महासेठसँग भेट गरि कोभिड–१९ विरुद्धको खोप विभिन्न मित्रराष्ट्रहरुबाट नेपाल ल्याउन सबैभन्दा बढी प्राथमिकतामा राखी युद्धस्तरमा काम गर्न आग्रह गरेका छन्।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा सोमबार भएको भेटमा अध्यक्ष ढकालले उप–प्रधानमन्त्री महासेठलाई बधाई दिँदै सफल कार्यकालको लागि शुभकामना दिएको भेटमा सहभागि परिवार दलका प्रवक्ता सन्तोषकुमार पौडेलले जानकारी दिए।  

भेटमा परराष्ट्रमन्त्री महासेठले आफूले परिणाममुखी काम गर्ने गरि छलफल र तयारीमा लागेको बताएको अध्यक्ष ढकालको सचिवालयले जनाएको छ। अध्यक्ष ढकालले एमसीसी लगायत मित्रराष्ट्रहरुको सहयोगका परियोजनाहरुलाई नेपालको हितमा संचालन गरिनुपर्ने धारणा राखेका थिए। परिवार दलले निर्वाचन अघि नै सम्पूर्ण नेपालीलाई खोप उपलब्ध गराउन सरकारको ध्याकर्षण गर्दै आएको छ।

Logo