ओली पक्षको माग अनुसार अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

ओली पक्षको माग अनुसार अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार


सर्वोच्च अदालतले निवेदक एमाले अध्यक्ष केपी ओली पक्षको माग अनुसार कर्णाली प्रदेशको ४ सांसदको पुनर्वहालीसम्बन्धी निवेदनमा सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

न्यायाधीशद्वय डा‍. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासले ‘अन्य आदेश’ भने मंगलबार जारी गरेको छ।

कर्णालीका सांसदहरू प्रकाश ज्वाला, अम्बरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई गरेको कारबाहीमा रोक लगाएपछि ओली पक्षले पुनरावलोकन निवेदन दर्ता गराएको थियो।

उक्त निवेदनअनुसार यसअघि २७ जेठमा जारी अन्तरिम आदेश खारेज गर्ने की नगर्ने भन्ने निणय भने अर्को सुनुवाइमा हुने पनि भनिएको छ।

Logo