एकजनाले गलत काम गर्दाको परिणाम देश र जनताले भोगिरहेका छन् : नेपाल

एकजनाले गलत काम गर्दाको परिणाम देश र जनताले भोगिरहेका छन् : नेपाल


मुलुकलाई भड्खालोमा पुग्नबाट जोगाउन लोकतान्त्रिक र परिवर्तनकारी शक्तिहरू एक हुनुपर्ने एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन् । 

मंगलबार साँझ सामाजिक सञ्जालमा लेखेका छन्_'संसदमा झण्डै दुई तिहाई बहुमतका साथमा बलियो सरकार बनेको थियो ! जनचाहना अनुसार इतिहासमै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी 'नेकपा' बनेको थियो। तर, संसद्, सरकार र पार्टी (नेकपा) साथै नेकपा (एमाले)लाई तहसनहस गरेर गलत बाटो अंगाल्दाको परिणाम सिंगो देशसहित पार्टी र जनताले भोग्दैछन् ।' 

सरकार र पार्टीको पदको दुरुपयोग गरेर पटक पटक गलत निर्णय गर्दै जाने स्थितिले  पार्टी, देश र कसैलाई पनि गन्तव्यमा नपुर्‍याउने उल्लेख गरे-'सरकार र पार्टीको पदको दुरुपयोग गरेर पटक पटक गलत निर्णय गर्दै जाने स्थितिले पार्टी, देश र कसैलाई गन्तव्यमा पुर्‍याउँदैन र राम्रो परिणाम दिँदैन । हामीले गलत कार्यको खबरदारी गर्दै आएका थियौं र छौं ।' 

उनले थपे-'एकताबद्ध पार्टी र आन्दोलन बनाउन लागौं साथै नेपाल राष्ट्रको गरिमा उचो राख्न तथा संविधान, गणतन्त्र र नेपाली जनताको हितको रक्षा गर्न  सम्पूर्ण  वामपन्थी ,लोकतान्त्रिक र परिवर्तनकारी सकारात्मक शक्तिहरू एक हौं। मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाऔं ।'

Logo