प्रतिनिधिसभा विघटन बहसः मार्ग प्रशस्त गरें भन्ने अनि प्रधानमन्त्रीमा फेरि दावी गर्ने?

प्रतिनिधिसभा विघटन बहसः मार्ग प्रशस्त गरें भन्ने अनि प्रधानमन्त्रीमा फेरि दावी गर्ने?


शेरबहादुर देउवासहित १४६ जना सांसदहरूको तर्फबाट बहस गर्दै कानून व्यवसायी खम्बबहादुर खातीले ‘मार्ग प्रशस्त गरें’ भनेपछि प्रधानमन्त्री पदमा दावी गर्न नमिल्ने बताएका छन्।

मिल्दै नमिल्ने दावी ओलीले गरेको खातीको तर्क छ। ओलीले वैशाख २७ गतेको भन्दा परिस्थितिमा परिवर्तन नआएको भन्दै उनले वैकल्पिक सरकार गठनका लागि जेठको ५ गते मार्ग प्रशस्त गरेको बताएका थिए।

तर, सोही दिन राष्ट्रपतिलाई वैकल्पिक सरकार गठनका लागि आह्वान गर्न मन्त्रिपरिषद् बैठक राखेर सिफारिस गरेका थिए। सोहीअनुसार राष्ट्रपतिले सरकार गठनका लागि बहुमतसहित दावी पेश गर्न २४ घण्टे (जेठ छ राति ९ बजेसम्म) समय दिएकी थिइन्। समय अगाडि नै विपक्षी गठबन्धनबाट कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ जना सांसदको हस्ताक्षरसहित समर्थन रहेको भन्दै दावी पेश गरेका थिए।

मार्ग प्रशस्त गरेको भनेका ओलीले भने १५३ सांसद रहेको भन्दै दावी पेश गरेका थिए। कानून व्यवसायी खातीले मार्ग प्रशस्त गरेको भनेर फेरि दावी गर्नु न्यायोचित र असंगतपूर्ण देखिएको तर्क गरेका हुन्।

Logo