गोविन्द बन्दीको बहसः दुवैतर्फ दावी परेका सांसदलाई बोलाएर राष्ट्रपतिले छलफल गर्न सक्थिन

गोविन्द बन्दीको बहसः दुवैतर्फ दावी परेका सांसदलाई बोलाएर राष्ट्रपतिले छलफल गर्न सक्थिन


कानून व्यवसायी गोविन्द बन्दीले प्रधानमन्त्री पदका दावेदारहरूको दावीमा दोहोरो नाम परेका सांसदहरूलाई बोलाएर राष्ट्रपति विद्यादेवी भण्डारीले छलफल नगरिएको बताएका छन्।

राष्ट्रपतिले त्यसबारेमा परामर्श लिन सक्ने अवस्था रहेको उनको तर्क छ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदक शेरबहादुर देउवासहित १४६ जना सांसदको तर्फबाट बहस गर्दै उनले राष्ट्रपतिलाई संविधानसम्मतरूपमा दावी पेश गर्ने दावेदारलाई प्रधानमन्त्री नियुक्त नगरेर राष्ट्रपति भण्डारी संविधानभन्दा बाहिर गएको जिकिर पनि गरे।

उनले विश्वास गुमाएको प्रधानमन्त्री ओलीलाई संविधानको धारा ७६ (३) अनुसार प्रतिनिधिसभा विघटन गर्न नपाउने पनि तर्क गरेका छन्।

Logo