विपक्षी गठबन्धनको बैठक देउवा निवास बूढानीलकण्ठमा

विपक्षी गठबन्धनको बैठक देउवा निवास बूढानीलकण्ठमा


कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा विपक्षी गठबन्धनको बैठक बसेको छ।देशको समसामयिक राजनीतिक परिस्थितीका बारेमा छलफल गर्न बैठक बसेको हो ।

सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तार बदर गरेपछि विपक्षी गठबन्धनको पहिलो बैठक बसेको हो। 

आजको बैठकमा कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत उपस्थित रहेको बताइएको छ।

यसअघि बसेको बैठकमा विपक्षी गठबन्धनमा रहेका दलहरुबीच गठबन्धन बलियो बनाउने सहमति भएको थियो।

Logo