प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाईः राष्ट्रपति र प्रधानमन्त्रीमाथि प्रश्नै–प्रश्न (भिडियो)

प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाईः राष्ट्रपति र प्रधानमन्त्रीमाथि प्रश्नै–प्रश्न (भिडियो)


हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।

प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ७ मा दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि परेका विभिन्न रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधवारदेखि निरन्तर अन्तिम सुनुवाइ हुने प्रक्रिया सुरु भएको छ। जसमा आज देउवासहित १ सय ४६ सांसदका पाँच वकिलले बहस गरेका छन्। बुधबारको बहसमा अधिवक्ताहरूले बहुमत नरहेको स्वीकारेपछि ओलीलाई राष्ट्रपतिले रोक्नुपर्ने र प्रधानमन्त्री पदमा दावी पुगे÷नपुगेको परीक्षण राष्ट्रपतिले गर्न नमिल्ने पनि तर्क गरेका छन् भने, राष्ट्रपतिले मलाई त्यही केटी चाहिन्छ भने झैँ मलाई यही प्रधानमन्त्री चाहिन्छ भन्नु गलत रहेको तर्क गरेका छन्् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछर्यौट आयोग, २०७१ का सदस्यसमेत रहेका चुडामणि शर्मासहित अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकालविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ। तीन जनाबाट विगोवापत एक अर्ब ३३ लाख २० हजार ३ सय ८५ कायम गरी आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ। उनीहरूले अधिकारक्षेत्र बाहिर गई वदनियतपूर्वक करदाताहरुसँग कर फर्छयौट सम्झौता गरी राजस्व रकम चुहावट गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । 

मन्त्रिपरिषद्ले ५० प्रतिशतले नबढ्ने गरि आन्तरिक उडान सञ्चालन गर्न अनुमति दिएपछि निजी वायुसेवा कम्पनीहरूले कार्यतालिकालाई स्वीकृत गराएर तत्कालै देशभित्रको उडान थाल्न तयारी गरेका छन्। यस विषयमा वायुसेवा सञ्चालकहरूले भने उडानको सङ्ख्यामा सीमित गर्ने सरकारको निर्णय कार्यान्वयन गर्न आफूहरू तयार भए पनि क्रमशः त्यो बढाउँदै लैजानु पर्ने राय राखेका छन्।  यसैगरि सरकारले अन्तर्राष्ट्रिय उडान संख्यामा पनि सरकारले संख्या वृद्धि गर्ने जनाएको छ। 

लगानी बोर्ड नेपालले करिब रु ९७ अर्ब बराबरको लगानी स्वीकृत गरेको छ । ४७ औं बैठकले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले माथिल्लो तमोर र तल्लो मनाङ्ग, मस्र्याङ्गदी जलविद्युत परियोजनालाई करिब ९७ अर्ब बराबरको लगानी स्वीकृत गरेको हो । यस्तै मंगलबारको बैठकले अन्य विभिन्न स्थानका जलविद्युत् आयोजनाहरूको विस्तृत सम्भाव्यता अध्ययन सर्वेक्षण अनुमति दिएको छ ।
 
जारी १६ औं संस्करणको युरोकप फुटबलमा १२ टिमले अन्तिम १६ मा स्थान बनाईसकेका छन्। जसमा, इटाली, वेस्ल, स्विट्जरल्याण्ड, बेल्जियम, डेनमार्क, नेदरल्याण्ड, अष्ट्रिया, इंग्ल्याण्ड, क्रोएसिया, चेक रिपब्लीक, स्विडेन र फ्रान्सले पनि पनि अन्तिम १६ मा स्थान पक्का गरिसकेका छन्।  यस्तै आज राति हुने ४ खेलमा अन्तिम १६का लागि बाँकी ४ टिमको टुङ्गो लाग्नेछ। जसमध्ये आजका खेलमा पोर्चुगल र फ्रान्सको खेललाई निकै महत्वका साथ हेरिएको छ। 

Logo