सकियो ओली-माधव वान टु वान वार्ता, सहमति नजिक पुगेको जिकिर

सकियो ओली-माधव वान टु वान वार्ता, सहमति नजिक पुगेको जिकिर


नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच होटल मेरियटमा भएको वान टु वान भेटवार्ता सकिएकाे छ । आज सहमति पत्रमा हस्ताक्षर गर्ने गरी भएकाे वान टु वान वार्तामा ठोस सहमति भने जुट्न सकेन । यद्यपि वार्ता सकारात्मक भएको र अब बाँकी कार्यदलले टुंग्याउने एमालेका उापध्यक्ष भीम रावलले जिकिर गरे ।

'पार्टी एकताका लागि गठित १० सदस्यीय कार्यदलले लगतार गरेको छलफलको प्रगति दुबै नेता समक्ष प्रस्तुत गरेको र त्यसैलाई टेकेर उहाँहरुले वान टु वान संवाद गर्नुभयो, आजैको भेटले कुनै निचोड नआएको भएपनि वार्ता सकरात्मक तर्फ उन्मुख रहेको र फेरी उहाँहरु बसेर विवाद सामधान गर्नुहुनेछ'-रावलले भने।

वार्तामा ओली पक्षका नेता अर्थमन्त्री विष्णु पौडेल र माधव पक्षका नेता उपाध्यक्ष भीम रावलको पनि उपस्थिती रहेको थियो। होटलबाट बाहिरिदै गर्दा पार्टी उपाध्यक्ष तथा कार्यदल सदस्य भीम रावलले वार्ता सकरात्मक रहेको पत्रकारहरुलाई प्रतिकृया दिए।

५५ दिन लामाे संवादहिनता तोड्दै आजै दुई नेता वान टु वान वार्तामा बसेका हुन्। दुबै नेता करिव दुई घन्टाको वार्ता पछि साडे नौं बजे होटलबाट निस्किएका छन्।

 

Logo