होला त आज एमालेमा सग्लो एकता, के छ सम्भावना?

होला त आज एमालेमा सग्लो एकता, के छ सम्भावना?


एमाले विवाद आइतबार पनि निरुपण हुनेमा संशय पैदा भएको छ। बिहान ८ बजे नै सुखद् समाचार पाउने भन्दै शनिबार विगुल फुक्ने नेताहरुले आइतबार विवादसम्बन्धी कुनै प्रतिक्रिया दिन मानेका छैनन्।

शनिबार साँझ कार्यदलको बैठक सकेर पत्रकारहरुलाई प्रतिक्रिया दिँदै कार्यदलका सदस्य सुवासचन्द्र नेम्वाङले भनेका थिए, आज अलि भ्याइएन्, भोलि बिहान ८ बजे सिंहदरबारस्थित अर्थ मन्त्रालयको कार्यालयमै तपाईं संचारकर्मीहरुले सुखद् समाचार सम्प्रेषण गर्न पाउनु हुनेछ।

तर, ८ बजेको समय सीमा नाघेको ५ घन्टा बितिसक्दासमेत उनीहरुले यस सम्बन्धी कुनै प्रतिक्रिया दिएका छैनन्। सम्पर्कका लागि फोन गर्दा कसैले उठाएनन्।
स्रोतका अनुसार अहिले पनि कार्यदल बैठक चलिरहेको छ।

पावर सेयरिङ लगायत विषयमा वरिष्ठ नेता माधव नेपालले आफ्नो अडान नछोडेका कारण कार्यदल निर्णयमा पुग्न सकेको छैन।

तथापि कुनै साझा निकास निकाल्न सकिन्छ कि भन्दै कार्यदलको बैठक बसिरहेको छ, स्रोतले भन्यो। गएको सोमबारदेखि ब्युँतिएको एमाले कार्यदल निरन्तर बैठकमा छ।

Logo