नेता-कार्यकर्ता छुटाउन विप्लवको दौडधूप (भिडियोसहित)

नेता-कार्यकर्ता छुटाउन विप्लवको दौडधूप (भिडियोसहित)


हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लव, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ नेता माधव नेपालबीच आज भेटवार्ता भएको छ। नेपाल निवास कोटेश्वरमा उनीहरुबीच भेट भएको विप्लव निकट नेता उदयबहादुर चलाउने ‘दीपक’ ले केन्द्रविन्दुलाई बताएका हुन्। विप्लवले राजनीतिक मुद्दामा कारागारमा रहेका आफ्ना नेताहरूको रिहा र मुद्दा खारेजीको पहललार्य तिव्र बनाएका छन् भने, वैज्ञानिक समाजवादसहितको राजनीतिक प्रणालीबारे जनमत संग्रह र वृहत् वाम एकतामा जोडदिइरहेको विप्लब निकट नेताहरूको भनाइ छ। 

सरकारले साउन ३ गते दिउँसो ४ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बोलाएको छ। सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको बताए। सर्वोच्चले २८ असारमा प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसलासँगै साउन ३ गते ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश दिएको थियो। 

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबारनै आगामी साउन ३ गतेका लागि संसदका दुवै सदनको बैठक आव्हान गरेकी छिन् । नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को आजको सिफारिसमा साउन ३ गते आइतबार दिनको ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर, काठमाडौंमा सङ्घीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिएका हुन्। 

शुक्रबारका लागि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली पक्षले संसदीय दलको बैठक बोलाएको छ। एमाले सचेतक विशाल भट्टराइले बैठकमा उपस्थित हुन माधवनेपाल सहित दलका १२१ सांसदलाई सिस्टममार्फत म्यासेज पठाइएको जानकारी दिएका छन्। बैठकमा एमालेको भूमिकाबारे छलफल गरिने सचेतक भट्टराईको भनाइ छ। यता, माधव नेपाल पक्षले भने आफूहरूलाई कुनै पनि जानकारी नआएको र अहिलेकै अवस्थामा दलको बैठकमा वरिष्ठ नेता माधव नेपाल पक्ष जान नसक्ने बताएको छ।

चालुआर्थिक वर्षको ११ महिनामा नेपालको निर्यात एक खर्ब नाघ्दा व्यापार घाटा १२ खर्ब ६२ अर्ब पुगेको नेपाल राष्ट्रबैंकले जनाएको छ। जसमा मालवस्तु निर्यात एक खर्ब २१ अर्ब २५ करोड पुगेको राष्ट्रबैंकले जनाएको छ। यस्तै चालु आर्थिक वर्षको ११औँ महिनामा उपभोक्ता मुद्रास्फिति ४.१९ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। 

स्ट्राइकर लियोनल मेस्सीले बार्सिलोनासँग नयाँ सम्झौता गर्ने भएका छन्। अर्जेन्टिनाका कप्तान मेस्सीले बार्सिलोनासँग थप पाँच वर्षे नयाँ सम्झौता गर्ने पक्का भएको हो। नयाँ सम्झौताका लागि मेस्सी र बार्सिलोनाबीच मौखिक सहमति भईसकेको तर, मेस्सीको ५० प्रतिशत तलब कतौनी हुने बताईएको छ । अन्तराष्ट्रिय फुटबलकै प्रसंगमा बार्यन म्युनिख तथा चेल्सीका पूर्व–स्टार आर्जेन रोबिनले खेल जीवनबाट सन्यास लिएका छन्।

Logo