एमाले अध्यक्ष ओलीलाई भेट्न जसपा अध्यक्ष ठाकुर बालकोटमा

एमाले अध्यक्ष ओलीलाई भेट्न जसपा अध्यक्ष ठाकुर बालकोटमा


नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर ओली निवास बालकोट पुगेका छन्। ठाकुर आज बिहान टोलीसहित बालकोट पुगेका हुन्।

ओली निवासमा दुई पक्षबीच वार्ता भइरहेको बताइएको छ।  

ओली सत्ताबाट हटेपछि उनीहरूबीच आज पहिलोपटक भेटवार्ता भएको हो। आजको छलफलमा महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल झालगायत नेताहरू सहभागी छन्। 

उनीहरुबीच समसामयिक राजनीतिका बारेमा छलफल भइरहेको बताइएको छ।

Logo