प्रदेश नं २ः दुई मन्त्रीले दिए राजीनामा, माओवादी केन्द्रबाट दुई मन्त्रीलाई शपथ

प्रदेश नं २ः दुई मन्त्रीले दिए राजीनामा, माओवादी केन्द्रबाट दुई मन्त्रीलाई शपथ


प्रदेश नं २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहाले पदबाट राजीनामा दिएका छन्।

मुख्यमन्त्री लालबाबु राउतले उनीहरुको राजीनामा स्वीकृत गरी दुवै जनालाई आजै बिदाइ गरेको मुख्यमन्त्रीकाे सञ्चार सचिवालयले जनाएको छ। सरकारमा नेकपा माओवादी केन्द्रलाई सहभागी गराउनका लागि मार्ग प्रशस्त गर्न दुवै जनाले राजीनामा दिएको बताइएको छ। 

नेकपा माआओदी केन्द्र आजै सरकारमा सहभागी भएकाे छ। सो पार्टी संसदीय दलका नेता भरत साहलाई आन्तरिक मामिला तथा सञ्चारमन्त्री र रुवि कर्णलाई राज्यमन्त्री पदमा शपथ गराइएकाे छ।

प्रदेश नम्बर २ मा नेकपा माओवादी केन्द्र सरकारमा सहभागी भएको हाे।

Logo