एमाले केन्द्रीय समिति बैठक आज चौंथो दिन पनि बस्दै

एमाले केन्द्रीय समिति बैठक आज चौंथो दिन पनि बस्दै


नेकपा (एमाले)को केन्द्रीय समिति बैठक आज चौंथो दिन पनि बस्दैछ। यस अघि बुधबार बसेको बैठकले आज नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस तुलसीलाल स्मृति प्रतिष्ठानमै दिउँसो १ बजे मनाउने निर्णय गरे अनुसार बैठक बस्न लागेको हो । एमाले केन्द्रीय समिति बैठक चार दिनदेखि जारी छ।

यस अघि बुधबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने बताएका थिए।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा जारी केन्द्रीय समितिको बुधबारको बैठकमा बोल्दै उनले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने बताएका हुन्। “पार्र्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने प्रतिवद्धता अध्यक्ष ओलीले बैठकमा राख्नु भएको छ” बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले भने, “तर पार्टी आन्दोलनलाई घात गर्ने कुनै पनि खालका हर्कतलाई भने सफल हुन नदिइने अध्यक्ष ओलीले बताउनुभयो।”

एमालेले पार्टी जीवनमा प्रतिकूल परिस्थिति आएको निष्कर्ष निकाल्दै त्यसबाट निराश नभई पार्टीको पक्षमा दृढतापूर्वक उभिन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरेको छ। बैठकले जनताको पक्षमा काम गर्र्दै पार्टीलाई राष्ट्रिय राजनीतिको पूरानै अवस्थामा पुर्याउने, प्रतिपक्ष दलको हैसियतमा जन सरोकारका चासोलाई सम्बोधन गर्न सरकारलाई दवाव दिने गरी अघि बढने निर्णय पनि गरेको प्रवक्ता ज्ञवालीले बताए। प्रतिकूल परिस्थितिमा पार्टी अध्यक्ष ओली नेतृत्वको सरकारले ४१ महिनामा राम्रो काम गरेको समीक्षा गर्दै धन्यवादसमेत दिएको छ। 

Logo