राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची


संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक आज १ बजे बस्दैछ। संसद सचिवालयले आजको बैठकको संभावित २ कार्यसूचीसमेत सार्वजनिक गरेको छ।

आजको राष्ट्रसभाको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त संवैधानिक परिषद् सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७८ खारेजीको पत्र व्यहोरा सभासमक्ष प्रस्तुत गर्ने र प्रधानमन्त्री शेरबहादुर देउवाले न्याय परिषद् र न्याय सभा आयोगको वार्षिक प्रतिवेदन २०७६/७७ सभा समक्ष पेश गर्ने सांसद सचिवालयले जनाएको छ।

यसअघिको बैठक ३ साउनमा बसेको थियो।

Logo