सिंहदरबारमा भेला भए माधव पक्षका २२ सांसद

सिंहदरबारमा भेला भए माधव पक्षका २२ सांसद


नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसद सिंहदरबारमा भेला भएका छन्।

पार्टी अध्यक्ष केपी ओलीले सोधेको स्पष्टीकरण बुझाउन सिंहदरबारमा भेला भएको सांसद भवानीप्रसाद खापुङले केन्द्रविन्दुलाई बताए। स्पष्टीकरण बुझाउन सांसदहरू भेला भइरहेको र भेला भइसकेपछि बुझाइने सांसद खापुङको भनाइ छ।

अध्यक्ष केपी ओलीले मंगलबार नेपालसहित २२ जना सांसदलाई स्पष्टीकरण सोधेका थिए। २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन पनि अल्टिमेटम थियो। 

अध्यक्ष ओलीले एमाले संसदीय दलको विधानविरीत दलीय अनुशासनविरुद्धका क्रियाकलापहरूमा समर्थन, सहयोग र परिचालनसमेत माधवसहितका सांसदहरूले गरेको बताएका छन्। चित्तबुझ्दो स्पष्टीकरण नआएको अवस्थामा पार्टीको साधारण सदस्यसमेत नरहने गरि कारबाही गर्ने चेतावनी पनि ओलीको छ।

३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालसहित २२ जना सांसदले विश्वासको मत दिएका थिए। त्यसपछि ओली आक्रोशित भएका छन्।

Logo