यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान


काठमाडौं ।

आज एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।

महाशाखाका अनुसार बंगालको खाडीको उत्तर पश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा परेको छ।

विभागका अनुसार आज दिउसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली र एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।

शुक्रबार प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ।

शनिबार प्रदेश १ र प्रदेश २ मा आंशिक बदली र बाँकी प्रदेशहरुमा मौसम सफा रहनेछ। प्रदेश १ र प्रदेश २ का एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ।

Skip This
Logo