प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज, यस्ता छन् कार्यसूची

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज, यस्ता छन् कार्यसूची


आज प्रतिनिधिसभाको बैठक बस्दै छ। बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको हो। 

आजको प्रतिनिधिसभा बैठकमा अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई शुभकामना दिने कार्यसूची रहेको छ।

त्यस्तै बैठकमा प्रधानमन्त्री देउवाले महालेखा परीक्षकको ५७ औं वार्षिक प्रतिवेदन २०७७ पेश गर्ने कार्यसूची रहेको छ।

बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले कारागार विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने बताइएको छ।

सर्वोच्च अदालतले दोस्रो पटक पुनर्स्थापना गरेपछि प्रतिनिधिसभाको यो दोस्रो बैठक हो।

यसअघि गत आइतबार बसेको थियो। आइतबारको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिएका थिए।

आजै राष्ट्रिय सभाको पनि बैठक बस्ने भएको छ।

Logo