अमिक शेरचन पुनः गण्डकी प्रदेश प्रमुखमा सिफारिस

अमिक शेरचन पुनः गण्डकी प्रदेश प्रमुखमा सिफारिस


माओवादी केन्द्रले अमिक शेरचन र तिलक परियारलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको छ। आजको स्थायी कमिटी बैठकले निर्णय शेरचन र परियारलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको स्थायी कमिटी सदस्य, हरिबोल गजुरेलले जानकारी दिए। शेरचनलाई गण्डकीका प्रदेश प्रमुखमा सिफारिस गरिएकाे छ ।

यस्तै माओवादी केन्द्रले देवेन्द्र पौडेल, सन्त थारू, सुरेशकुमार राई हिमाल र पार्वती विशुङ्खेलाई मन्त्रीमा पठाउने तयारी गरेको छ। तर निर्णय गर्न बाँकी छ।

मधेसबाट एकजनालाई मन्त्री बनाउने पनि माओवादीले निर्णय गरेको छ। कसलाई बनाउने भन्नेबारे छलफल हुन बाँकी छ।

Logo