अमिक शेरचन गण्डकीदेखि पुगे लुम्बिनी, गण्डकीमा पृथ्वीमान गुरुङ

अमिक शेरचन गण्डकीदेखि पुगे लुम्बिनी, गण्डकीमा पृथ्वीमान गुरुङ


सरकारले लुम्बिनी र गण्डकी प्रदेशमा प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ।

पृथ्वीमान गुरुङलाई गण्डकीमा र अमिक शेरचनलाई लुम्बिनी प्रदेशमा नियुक्तिको लागि सिफारिस गरेको हो।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखको रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।

हाल गण्डकीमा सीताकुमारी पौडेल र लुम्बिनीमा धर्मनाथ यादव प्रदेश प्रमुख छन्। नयाँ प्रदेश प्रमुख सिफारिस भएको शेरचन माओवादी नेता हुन्। गुरुङ चाहिँ कांग्रेस नेता हुन्।

यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेश २ का प्रमुख पनि हटाउने निर्णय गरेको छ। त्यहाँ हाल डा. राजेश अहिराज प्रमुख रहेका छन्। 

माओवादी केन्द्रका तिलक परियारलाई हटाउँदै तत्कालीन प्रधानमन्त्री केपी ओलीले हटाएर अहिराजलाई नियुक्त गरेका थिए।

राज्यद्रोहको मुद्दा लागेका उनी एक वर्ष नपुगी हट्न बाध्य हुने देखिएको छ। 

Logo