सत्तारुढ गठबन्धनको बैठक बस्दै

सत्तारुढ गठबन्धनको बैठक बस्दै


सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । 

कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धनको तर्फबाट प्रधानमन्त्री बनेको दुई साता बितिसक्दा समेत मन्त्रिपरिषदले पूर्णता पाउन नसकेको अवस्थामा आजको बैठकमा मन्त्रिपरिषद विस्तारका विषयमा छलफल हुने बुझिएको छ । 

यस्तै बैठकमा बठबन्धनबीच बाँकी मन्त्रालयको भागबन्डा टुंग्याउनुका साथै सरकार सञ्चालनका विषयमा छलफल हुनेछ ।

बैठकमा सत्तारुढ गठबन्धनका शिर्ष नेताहरु प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतको सहभागीता रहने छ । 

गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका शेरबहादुर देउवाले सोही दिन कांग्रेस र माओवादी केन्द्रबाट दुई–दुई जनालाई मन्त्रीमा नियुक्त गरेका थिए । त्यसपछि दुई दिनअघि कांग्रेसबाट थप एकजनालाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।

प्रधानमन्त्री भएको दुई हप्ता बितिसक्दा समेत मन्त्रिपरिषदले पूर्णता नपाउँदा प्रधानमन्त्री देउवाको आलोचना हुँदै आएको छ ।

Logo