१० असोज २०७८ आइतबार
केन्द्रबिन्दु बुलेटिन

सत्ता गठबन्धनको बैठकद्वारा मन्त्रालय बाँडफाँटको जिम्मा शीर्ष नेतालाई (भिडियोसहित)

हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँटको जिम्मा गठबन्धनका शीर्ष नेतालाई दिएको छ। गठबन्धनले मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिने समेत निर्णय गरेको छ। एमालेका माधव नेपाल पक्षसमेत सहभागी बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम चाँडो टुंगो लगाउन कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदललाई निर्देशनसमेत दिएको छ। 

नेकपा माओवादी केन्द्रको कारवाहीको सिफारिशको आधारमा प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका चारजना पूर्वमन्त्रीले पुनः सांसदको रूपमा पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। माओवादी केन्द्रले गत चैत २६ मा नेकपा एमाले प्रवेश गरेको भन्दै सांसदहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई कारवाही गरेको थियो। कारवाहीसँगै उनीहरू प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका थिए।

कोरोना महामारीसँगै रोजगारीमा जाने कयौं नेपालीहरू समस्यामा परेका छन्। यही समस्यालाई मध्यनजर गर्दै भाषा परीक्षा पास गरेकालाई छिटै कोरिया लैजान अर्थमन्त्री जनार्दन शर्माले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सिकलाई आग्रह गरेका छन्। जवाफमा राजदूत पार्क चोङले रोकिएको ईपीएसको काम अघि बढाउन आफूले पहल गर्ने वचन पनि दिएका छन्। 

सार्वजनिक सूचनाको समेत अटेर गर्दै आएका करिव २३ वटा ठूला करदातालाई काठमाडौं महानगरपालिकाले कर तिर्न ताकेता गरेको छ। महानगरले उक्त करदाताको विवरण सार्वजनिक गर्दै  तीन दिन भित्र घर जग्गा सम्पत्ति लगायतमा लाग्ने कर दाखिला नगरे सिलबन्दी गर्ने चेतावनी दिएको हो। ती करदाताबाट करिव ७० करोड कर असुली गर्न बाँकी रहेको अनुमान गरिएको छ।

जारी टोकियो ओलम्पिकमा नेपाली महिला पौडीवाज गौरीका सिंह ओलम्पिक यात्राको हिट चरणबाटै बाहिरिएकी छिन्। यद्यपि उनले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानी भने ब्रेक गरेकी छिन्। उनले सन् २०१९ मा दक्षिण कोरियामा भएको १८ औं फिना वर्ल्ड च्याम्पियनसिपमा १ः ००.६२ को समय निकाल्दै तय गरेको राष्ट्रिय कीर्तिमान बुधबारको प्रतिस्पर्धामा एक मिनेट शुन्य दशमलव ११ सेकेन्डमा तय गर्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन्।

प्रकाशित: १३ साउन २०७८ १९:४२ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी