माओवादी केन्द्र छोडेर एमालेमा गएका चार नेताले दायर गरेको रिटमाथि आज सुनुवाइ

माओवादी केन्द्र छोडेर एमालेमा गएका चार नेताले दायर गरेको रिटमाथि आज सुनुवाइ


सर्वोच्च अदालतले माओवादी केन्द्र छोडेर एमालेमा गएका चार नेताले दायर गरेको रिटमाथि आज सुनुवाइ गर्दैछ।

टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरिशंकर चौधरी र प्रभू साहले बुधबार रिट दायर गरेका थिए। रिटमार्फत् उनीहरूले सांसद पद पुनर्बहालीको माग गरेका छन्। 

निर्वाचन आयोगले असार २३ गते दिएको विवरणअनुसार माओवादी केन्द्रमा रहेको देखिएको र एमालेमा रहेको नदेखिएको उनीहरूको दाबी छ। सोही कारण दल त्याग गरेको नदेखिएकाले सांसद पद पुनर्बहाली हुनुपर्ने जिकिर गरेका छन्।

माओवादीको केन्द्रीय कमिटीले नभइ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको कारबाही पनि वैधानिक नभएको चार नेताको भनाइ छ। यसअघि उनीहरुले निर्वाचन आयोगमा माओवादी केन्द्र अवैंधानिक भन्दै दल खारेजीको माग गरेका थिए।

Logo