एमालेमा गएका लुम्बिनीका दुई पूर्वमाओवादी सांसदको मुद्दाको सुनुवाइ सर्वोच्चमा

एमालेमा गएका लुम्बिनीका दुई पूर्वमाओवादी सांसदको मुद्दाको सुनुवाइ सर्वोच्चमा


माओवादी केन्द्रले दल त्याग गरेर एमाले गएपछि हटाएका लुम्बिनीका दुई पूर्वसांसदले पद थमौतिको माग गर्दै दायर गरेको रिटमाथि पनि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। 

इजलासमा रिटको पेसी तोक्न भने बाँकी छ। रूपन्देहीका सांसद दधिराम न्यौपाने र गुल्मीका सांसद दिनेश पन्थीले यही साउन ७ गते पद थमौतिको माग गर्दै रिट दायर गरेका थिए।

उनीहरूले संविधान र माओवादी केन्द्रको संसदीय दलको विधानविपरीत कारबाही गरेर पदच्युत गरेको जिकिर पनि गरेका छन्।

उनीहरू नेकपा विघटन भएपछि एमालेमा गएका हुन्। त्यसपछि दुवैलाई माओवादी केन्द्रले स्पष्टीकरण सोधेको थियो। एमालेमै रहने भनेपछि उनीहरूलाई माओवादीले पदमुक्त गराएको हो।

Logo