सत्ता गठबन्धनका तीन दलबीच मन्त्रालय बाँडफाँटको प्रारम्भिक खाका तयार

सत्ता गठबन्धनका तीन दलबीच मन्त्रालय बाँडफाँटको प्रारम्भिक खाका तयार


सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठकले कांग्रेसलाई प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रलाई ७ र जसपालाई ७ मन्त्रालय पाउनुपर्ने प्रारम्भिक खाका तयार पारेको छ।

तथापि आठ, सात–सात मन्त्रालयमा कुरा मिलिनसकेको जसपाका नेताले मोहम्बद स्तीयाक राईले केन्द्रबिन्दुलाई जानकारी दिए।

राईले भने ‘अहिले पनि छलफल जारी छ निर्णयमा पुगेको छैन। मन्त्रालयसहित बाँकी तीन राज्यमन्त्री बनाइने गरि कसलाई कुन–कुन दिने भनेर छलफल हुँदैछ।’ सत्तारुढ गठबन्धनले एमाले वरिष्ठ नेता माधव नेपालको सहभागिताविनै मन्त्रिपरिषदलाई पूर्णता दिने भएको हो। 

विहीबार बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेपाल पक्षको उपस्थिती छैन। स्रोतका अनुसार माधव नेपाल पक्षलाई सरकारी तथा संवैधानिक नियुक्तिमा अधिकतम अवसर दिने गरी कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मन्त्रालयको भागबण्डा मिलाएको बुझिएको छ।

Logo