लुम्बिनी प्रदेशः जसपाका ३ सांसद निष्कासन

लुम्बिनी प्रदेशः जसपाका ३ सांसद निष्कासन


जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेशसभाका ३ जना सदस्यलाई निष्कासन गरेको छ।

जसपा संसदीय दलले सांसद कारवाहीको पत्र प्रदेशसभा सचिवालयलाई बुझाएको छ।

सांसदहरू सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई निष्कासन गरेको संसदीय दलका नेता सहसराम यादवले जानकारी गराएका छन्।

पार्टीले लगाएको ह्वीप उल्लंघन गरेपछि उनीहरुलाई गत जेठ ३० गते स्पष्टीकरण सोधिएको र त्यसको चित्तबुझ्दो जवाफ नदिएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार कारबाही गरेको यादवले संसद सचिवालयमा बुझाएको पत्रमा उल्लेख गरिएको छ।

जसपाका चार सांसद प्रदेश सरकारमा सहभागी भएका थिए। तर, तीमध्ये सुमन शर्मा रायमाझीले सरकारबाट राजीनामा दिएकी थिइन्। 

अहिले पनि प्रदेश सरकारमा ३ जना जसपाबाट मन्त्री बनेका छन्। जसपा उपेन्द्र यादव पक्षले पाएपछि लुम्विनी प्रदेशमा पनि यादव पक्षको संसदीय दलमा बहुमत छ।

आगामी प्रदेश सभाले उनीहरूलाई कारवाही गर्ने सूचना दिन सक्छ। 

Logo