एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच आरोप-प्रत्यारोप (भिडियोसहित)

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच आरोप-प्रत्यारोप (भिडियोसहित)


हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।

नेकपा एमालेका अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच शनिबार पनि जुुहारी चलेको छ। छुट्टा–छुट्टै कार्यक्रममा नेताहरूको एक अर्काप्रति आरोप प्रत्यारोपमा समय खर्चिएका हुन्। अध्यक्ष ओलीले नेपाललाई देशद्रोहीको संज्ञा दिदै पार्टीमा कुनै स्थान नभएको बताएका छन् भने नेता नेपालले ओलीको गलत प्रवृतिविरुद्ध लड्ने बताएका छन्। विघटित कार्यदलका सदस्य पार्टीमा एकता कायम गर्न लागिरहेका बेला शीर्ष नेताहरुनै आरोप प्रत्यारोपमा ओर्लिएपछि पार्टी विवाद समाधानमा झनै समस्या हुने देखिएको छ।

कांग्रेसको १४औं महाधिवेशन निकट बन्दै जाँदा नेताहरु आपसी छलफलमा जुट्न थालेका छन्। माहधिवेशनमा एक जना उमेद्वार दिने गरि नेता पुत्र त्रय शनिबार पनि छलफलमा जुटेका हुन्। यसअघि पनि पटकपटक उनीहरूबीच  छलफल भइसकेको छ। तर तीनै जना सभापति दावेदार भएका कारण छलफल निष्र्कषविहिन बन्दै आएको छ। यसपटक उपसभापति निधि भारतबाट फर्किएपछि पहिलो पटक उनीहरुबीच छलफल भएको हो।

जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन्। सिंहदरबारमा बसेको बहुमत सांसदहरूको उपस्थितीमा यादव दलको नेता चयन भएका हुन् । ११ साउनमा निर्वाचन आयोगले यादव नेतृत्वलाई पार्टीको आधिकारिकता दिएर विवाद निरूपण गरिदिएपछि यादव संसदीय दल र केन्द्रीय कार्यकारिणीमा पनि स्पष्ट बहुमतमा छन्। यता ठाकुर पक्ष भने पार्टीविहिन भएको छ। 

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले शुक्रबारको निर्देशक समितिको बैठकमा स्मार्ट लकडाउन प्रस्ताव अघि सारेको छ। संक्रमणको ग्राफ बढेको भन्दै निर्देशन समितिको बैठकले उक्त प्रस्ताव राखेको हो। यता स्वास्थ्य क्षेत्रका विज्ञहरुले भने तत्काल लकडाउनभन्दा पनि सरकार खोप ल्याउन सक्रिय बन्नु पर्ने धारणा राखेका छन्। विशेषगरि पछिल्लो समय कोरोना संक्रमितको दैनिक ग्राफ बढ्दै जाँदा सरकार पुनः लकडाउनमा जाने हो कि भन्ने सर्वसाधारणमा चिन्ता बढ्न थालेको छ। 

इजरायलले गत बिहीबार दुई जनाको ज्यान जाने गरी तेल ट्याङ्करमा भएको आक्रमणमा इरान संलग्न भएको आरोप लगाएको छ। इजरायलले एक विज्ञप्ति जारी गर्दै इरानी आतङ्कवादीले आक्रमण गरेको आरोप लगाएको हो। इरानले भने आफूमाथिको आरोपबारे कुनै प्रतिक्रिया जनाएको छैन।

Skip This
Logo