एमाले ओली समूहले माधव पक्षलाई नकुर्ने, साउन २७ भित्रै पार्टी सदस्यता नविकरण गर्ने

एमाले ओली समूहले माधव पक्षलाई नकुर्ने, साउन २७ भित्रै पार्टी सदस्यता नविकरण गर्ने


नेकपा (एमाले) ओली पक्षले साउन २७ गतेभित्र पार्टी सदस्यताको नविकरण र अद्यावधिक गरिसक्ने निर्णय गरेको छ । 

आइतबार तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको नेकपा (एमाले) ओली पक्षको स्थायी कमिटी बैठकले पार्टी सदस्यताको नविकरण र अद्यावधिक गर्ने समय सिमा साउन २३ गतेसम्मलाई तोकेको महासचिव ईश्वर पोखरेलले बताए । ‘स्थायी कमिटीको बैठक जारी छ । सोमबार पनि बैठक हुन्छ । साउन २३ भित्र खासगरी जिल्ला पार्टी कमिटीले, प्रदेश पार्टी कमिटीको तर्फबाट सदस्यता नविकरण र अद्यावधिक गर्ने कुरा केन्द्रमा पठाइसक्नुपर्छ,’ पोखरेलले भने, ‘भदौ २७ र २८ गते पार्टीले विधान महाधिवेशन गर्दैछ । विधान महाधिवेशनका लागि सदस्यता नविकरण, अद्यावधिक गर्ने कुरा टुंग्याइसक्नुपर्ने भएको हो ।’

महासचिव पोखरेलले असोज ३ गते वडा तहको अधिवेशन गर्ने र असोज ९ गते पालिकास्तरको अधिवेशन गरिने पनि बताए । साउन २७ गतेभित्रै पार्टी सदस्यताको नविकरण र अद्यावधिक गरिसक्ने निर्णयपछि माधव पक्ष छुट्ने देखिन्छ ।

 

Skip This
Logo