१० असोज २०७८ आइतबार
केन्द्रबिन्दु बुलेटिन

मन्त्रिपरिषद् विस्तारका लागि माधवपक्षलाई पर्खिन नसकिने माओवादी केन्द्रको निर्णय (भिडियो)

हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।

नेकपा माओवादी केन्द्रले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पर्खिन नसक्ने जनाएको छ। एमालेभित्र आन्तरिक विवादले चर्कोरुप लिइरहेका बेला माधव पक्ष सरकारको गठबन्धन दलमा समावेस भएको र सरकारमा जाने नजानेबारे ढुलमुले चरित्र देखाइरहेका बेला माओवादी केन्द्रले यस्तो निर्णय गरेको हो। यस्तै माओवादी केन्द्रलेले भारतीय एसएसबीका जवानले तुइन खुस्काउँदा महाकाली नदीमा भएको घटनाबारे पनि तत्काल छानबिन र कारबाही गर्न पनि सरकार समक्ष माग राखेको छ।

नेपाली कांग्रेसको नेतृत्वमा सरकार सुरुभएदेखि नै भद्दा राजनीतिकरण सुरु भएको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवा नेतृत्वको सरकार ‘प्रतिगामी’ भएको आरोप लगाएका छन्। आइतबार तुलसीलाल अमात्यको २४ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवा नेतृत्वको सरकार बने देखिनै प्रतिगामीहरुको दादागिरी सुरु भएको ओलीको भनाइ छ। प्रतिगामी’ सरकार निष्ठा छोडेर दक्षिणपन्थीसँग मिल्न गएको अध्यक्ष ओलीको आरोप छ। 

नेपालमा कोरोना भाइरसको संक्रमण बढेसँगै रोजगारीका लागि दक्षिण कोरिया जान तयार युवाहरू समस्यामा परेका छन्। भाषा परीक्षा इपिएस परीक्षा पास गरेर करिव १० हजार युवा–युवती कोरिया जाने पखाईमा छन् । तर, सरकारले उचित समन्वय नगर्दा उनीहरू कोरिया जान बञ्चित भएको भन्दै संघीय संसद राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले तत्काल त्यसको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। आइतबार सिंहदरवारमा बसेको समितिको बैठकले इपिएस परीक्षा पास गरेर बसेका कामदारलाई तत्काल दक्षिण कोरिया पठाउन प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।

नेपालमा मनसुनजन्य विपदका घटना बढ्दै गएको तथ्यांकले देखाएको छ। यसले भौतिक तथा मानविय क्षतीको आँकडामा पनि उल्लेख्य वृद्धि देखिएको छ। विसं २०७३ पछि विपदका घटना क्रमशः दुई हजारबाट उकालो लागेकामा पछिल्ला केही वर्ष (विसं २०७५–२०७७) मा भने चार हजार बढी प्राकृतिक विपत्ति निम्तिएका छन् । जसले चार हजार ५६ जना बढीको ज्यान लिएको पनि तथ्यांकले देखाएको हो। 

अफगानिस्तानको दक्षिणी र पश्चिमी भागमा रहेका तीन मुख्य सहरहरूमा तालिबानको आक्रमणले द्वन्द्व चर्किएको छ। सेप्टेम्बरको अन्त्यसम्ममा लगभग सबै विदेशी फौजले अफगानिस्तान छोड्ने घोषणा भएसँगै तालिवानी लडाकुहरूले त्यहाँका ग्रामीण क्षेत्रमा नियन्त्रण जमाउँदै लगेको जनाइएको छ।

प्रकाशित: १७ साउन २०७८ १९:५१ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी