सर्वोच्चद्वारा कर्णालीका चार सांसदलाई एमालेले गरेको कारबाही सदर

सर्वोच्चद्वारा कर्णालीका चार सांसदलाई एमालेले गरेको कारबाही सदर


कर्णालीका चार जना एमाले सांसद पदमुक्त भएका छन्। सांसदहरू प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा पदमुक्त भएका हुन्।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले फ्लोरक्रस गर्नु संविधान र राजनीतिक दलसम्बन्धी ऐन २०७३ विपरीत भएको ठहर गरेको छ।

आदेशमा भनिएको छ, ‘आफैं समावेश भएको संसदीय दलको निर्णय विपरीत फ्लोरक्रस गरी दलको निर्णयविरुद्ध उभिइ भएको काम कारबाहीलाई लोकतान्त्रिक पद्धती एवं सकार र मान्यता अनुकूल एवं नेपालको संविधान तथा तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८ र दफा ३२ अनूकल भएको मान्न सकिँदैन।' 

जेठ २७ गते दिएको अन्तरिम आदेशलाई पनि निरन्तरता दिन नसकिएको इजलासले ठहर गरेको छ। 

Logo