‘नवलपरासी पश्चिमको कांग्रेस क्रियाशील सदस्यतामा विवाद छैन’

‘नवलपरासी पश्चिमको कांग्रेस क्रियाशील सदस्यतामा विवाद छैन’


नेपाली कांग्रेस नवलपरासी पश्चिमले जिल्लाको संघीय क्षेत्र नं–२ का पार्टीका सभापति नरेन्द्रकुमार गुप्ता र प्रदेश क्षेत्र नं. २ (ख)का सभापति दिनेशमणी पटेलले संयुक्तरुपमा जारी गरेको विज्ञप्तिप्रति पार्टीभित्र विरोध जनाएका छन्। 

सभापति गुप्ता र पटेलद्वारा साउन १६ गते संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै  जिल्लाको रामग्राम नगरपालिका ३ , १५ र १६ तथा पाल्हीन्दन गाउँपालिकाको ४ वडामा पार्टीको क्रियाशील सदस्यताबारे विवाद रहेको भन्ने भ्रामक प्रचार गरेकोले सो प्रति सर्वत्र विरोध जनाएको हो। 

नेपाली कांग्रेस जिल्ला कार्य समिति नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम), नेपाली कांग्रेस संघीय क्षेत्रिय कार्य समिति २ र  नेपाली कांग्रेस रामग्राम नगर कार्य समिति तथा पाल्हीनन्दन गाउँ कार्य समितिले संयुक्तरुपमा जारी गरेको फरक फरक  विज्ञप्तिमा  सभापति गुप्ता र पटेलले जारी गरेको विज्ञप्ति पूर्णभ्रामक, सामाधान उन्मुख रहेको क्रियाशील सदस्यता वितरण कार्यलाई प्रभावित गर्ने, जिल्लालाई विवादीत देखाउने तथा गैरजिम्मेवारपूर्ण कार्य गरेको भनि निष्कर्ष निकालेको छ। 

१४ औं महाधिवेशनका लागि वडा, नगर  तथा गाउँपालिकाबाट नेपाली कांग्रेसको विधान बमोजिम क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यताको लागि पठाएको नामावली संघीय सभापति गुप्ताले नामावली ईन्ट्री गरी केन्द्रमा पठाएका  हुन्। 

यद्यपी उक्त नामावली केन्द्रबाट प्रारम्भीकरुपमा सार्वजनिक हुँदा नगर र वडाबाट सिफारिस गरिएको भन्दा फरक रही उल्लेखित  वडामा नियम विपरित आधिकांश नाममा फेरबदल गरी गरिएको कुरा सार्वजनिक भएपश्चात वडा र नगरलाई सो सम्वन्धमा थाहा भइ केन्द्रले तोकिएको अवधिभित्र उक्त नामावली  वडा/गाउँ/नगर कार्य समितिले गरेको सिफारिसलाई नै मान्यता दिनुपर्ने भनि केन्द्रमा गरिएको उजुरी पश्चात सभापति गुप्ता र पटेलले आफूहरुले विधान विपरित पठाएको क्रियाशील सदस्यहरुलाई समावेश गर्न केन्द्रलाई दवाव र प्रभावमा पार्ने प्रयास निरन्तर जारी राखे पनि सो अनरुप थप नभएपछि पुनः जिल्लामा सदस्यता विवाद  छ भन्दै  विज्ञप्तिमार्फत असत्य प्रचार गरिएकोप्रति पार्टीभित्र सर्वत्र विरोध भएको हो।  

 पार्टीका जिल्ला सभापति विष्णु पौडेलद्वारा जारी विज्ञप्तिमा बिधान बमोजिम वडा तथा गाउँ नगरबाट सिफारिस गरिएका  क्रियाशील सदस्यहरु समावेश भएको भन्ने बुझिएको कुरा उल्लेख गर्दै विधान विपरित जिल्ला तहबाट कुनै किसिमको केन्द्रलाई दवाव नरहेको कुरा स्पष्ट पार्दै जिल्लाको तर्फबाट कुनै किसिमको केन्द्रमा दवाव नदिइएको कुरा स्पष्ट पारे। 

यसैगरी नेपाली कांग्रेस, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) २ का संघीय क्षेत्रिय सचिव आनन्दकन्द मिश्र, सचिव माधवप्रसाद पाण्डे  र सचिव प्रदिप सिंह क्षेत्रले  संयुक्तरुपमा जारी गरेकोमा विज्ञप्तिमा सभापति गुप्ता र पटेलले  विधान विपरित रहेका क्रियाशील सदस्यसमेत केन्द्रमा पठाएको विवाद झिक्दै आएको  विज्ञप्ति जारी गरिएको प्रति गम्भीर ध्यानाकर्षण जनाए।

यसैगरी रामग्राम नगर कार्य समितिका कार्यवहाक सभापति श्रीधर वस्याल र पाल्हीनन्दन गाउँ कार्य समितिका सभापति हरिहर चौहानद्वारा जारी विज्ञप्तिमा सभापति गुप्ता र पटेलले विधान विपरित क्रियाशील सदस्य थप्ने उदेश्यले सयौंं व्यक्तिहरुलाई सदस्यता दिलाउन किर्ते काजगपत्र तयार गरि केन्द्रमा पठाएपनि थप नभएपछि जिल्लामा सदस्यता विवाद सृजना गरी विज्ञप्ति जारी गरी भ्रामक प्रचार गरिएको प्रति आपत्ती प्रकट गरिएको छ।

Logo