१० असोज २०७८ आइतबार

माधव समूहकाे आजकाे बैठक स्थगित

आज बस्ने भनिएको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । 

आज बिहान ११ बजे बुद्धनगरस्थित एक ब्याङ्क्वेटमा बोलाइएकाे बैठक केही नेताहरू काठमाडौंबाहिर रहेकाले भोलिसम्मका लागि स्थगित भएको नेपाल निकट नेता बेदुराम भूषालले बताए । 

बैठकले पार्टी एकता गर्ने कि विभाजनमा जाने भन्ने विषयमा निर्णय गर्नेछ । एकताका लागि नेता नेपालले संसदको पूरा कार्यकाल सुनिश्चितता, जुनसुकै निर्णयमा अध्यक्ष ओलीसहित आफ्नो पनि हस्ताक्षर हुनुपर्ने लगायतका शर्त राखेका छन् । 

प्रकाशित: २० साउन २०७८ ०९:५६ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी