नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरेको कामको गृहमन्त्रीद्वारा प्रशंसा

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरेको कामको गृहमन्त्रीद्वारा प्रशंसा


गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरेको कामको प्रशंसा गरेका छन्। 

गृह मन्त्रालयमा बिहीबार आयोजित आर्थिक वर्ष २०७७/७८ को तेस्रो चौमासिक वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरेको कामको प्रशंसा गरेका हुन्। 

गृहमन्त्रीले मन्त्रालयअन्तर्गत राष्ट्रिय परिचयपत्र विभागले निर्वाह गरेको भूमिका ऐतिहासिक रहेको बताए। राष्ट्रिय परिचय पत्र विभागले गरेको कामले कागजी युगको अन्त्य हुने मन्त्री खाणको भनाइ थियो। 

बैठकमा गृहमन्त्रीले कैन्दीबन्दीको स्वास्थ्य उपचार, दैनिक खानपान र बसोबास राज्यको जिम्मेवारी भएको भन्दै यसलाई व्यवस्थित बनाउनु राज्यको दायित्व भएको बताए।

Logo