सरिता गिरिको मुद्दामा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

सरिता गिरिको मुद्दामा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी


नेपालको नयाँ राजनीतिक नक्सा निशान छापमा अद्यावधिक गर्न भएको संविधान संशोधनविरुद्ध संशोधन प्रस्ताव दर्ता गराएपछि अन्नतः सांसद पदमुक्त भएकी सरिता गिरिको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वरीप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको पूर्ण इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नाममा आज कारण देखाउ आदेश जारी गरेको हो।

रिट निवेदक गिरिको मागअनुसार पदमुक्त गर्ने निर्णयलाई इजलासले बदर भने गरेन।

गिरिलाई जनता समाजवादी पार्टीको संसदीय दलले ह्वीप उल्लङ्घन गरेको भन्दै पदमुक्त गराएको थियो। पूर्वमन्त्रीसमेत रहेकी उनले ०७६ फागुन ७ गते त्यसविरुद्ध रिट दिएकी थिइन्।

Logo