मन्त्रीहरुको नाम टुंग्याउँदै माओवादी

मन्त्रीहरुको नाम टुंग्याउँदै माओवादी


नेकपा माओवादी केन्द्रले आजै मन्त्रालय र मन्त्रीहरुको टुंगो लगाउने तयारी गरेको छ। पार्टी उपाध्यक्ष तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले सकेसम्म आजै कुन कुन मन्त्रालय माओवादीले पाउने र सरकारमा क कसलाई पठाउने भन्ने टुंगो लाग्ने बताए।

पार्टीको कर्णाली प्रदेश सम्पर्क समिति, स्कुलिङ तथा प्रचार विभागले शनिबार बिहान आयोजना गरेको समसामयीक राजनैतिक अवस्था र माओवादी केन्द्रको भूमिका विषयक भर्चुअल प्रशिक्षणमा बोल्दै मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएकाले आजै टुंग्याउने तयारीमा जुटेको बताए।

उनका अनुसार मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुनुको कारण एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको पखाई हो।

नेपाल पक्षले सरकारमा सहभागी हुने वा नहुने भन्ने निर्णय छिटो गर्नुपर्ने उनले बताए। सहभागी हुने भए नेपाल पक्षसहितको मन्त्रिपरिषद् विस्तार हुने उनको भनाइ छ।

माओवादीले नेपालपक्ष, जनमोर्चासहितको गठबन्धन सरकार चाहेको पनि उनले बताए। कार्यक्रममा माओवादी केन्द्रमा कुन कुन सांसदलाई मन्त्री बनाउने भन्नेबारेमा स्थायी कमिटीमा छलफल हुन भने बाँकी छ।

Logo