हुँदै नभएको जग्गा भूमिहीनलाई कहाँबाट ल्याएर दिने?: वामदेव गौतम

हुँदै नभएको जग्गा भूमिहीनलाई कहाँबाट ल्याएर दिने?: वामदेव गौतम


नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले हुँदै नभएको जग्गा कहाँबाट उपलब्ध गराउने भन्दै प्रश्न गरेका छन्।

राष्ट्रिय सभाको नवौं अधिवेशनको बैठकमा बोल्दै सांसद गौतमले पछिल्लो समय देउवा नेतृत्वको सरकारले खारेज गरेको आयोग पुनर्स्थापना गर्नुपर्ने भन्दै भएको आन्दोलन र देउवा नेतृत्वको सरकारले यसअघिको आयोग खारेज गरेर नयाँ आयोग किन बनाउनु पर्यो भन्दै प्रश्न पनि गरेका छन्। उनले वन फडानी गरेर जग्गा उपलब्ध गराउनु उचित नहुने बताए । गौतमले आयोगको कुनै आवश्यकता नरहेको पनि बताएका छन्।

‘किन चाहियो भूमि आयोग, वन फँडानी गरेर जग्गा दिने, नत्र कहाँ छ खाली जग्गा?’, गौतमले भनेका छन्।

नेता गौतमले २०५१ सालमा बनेको आयोगले कहाँ कति काम गर्यो र अहिले पनि आयोग चाहियो, भन्दै प्रश्न पनि गरेका छन्। २०५१ सालमा पनि तत्कालीन मनमोहन अधिकारीको सरकारले भूमि आयोग गठन गरेको थियो तर, २०५२ सालमै उक्त आयोग विघटन गरिएको थियो।

त्यही कुरा स्मरण गर्दै गौतमले भने,‘किन चाहियो अहिले भूमि आयोग? २०५१ सालमा गठन भएको आयोगले के के काम गर्यो र अहिले पनि चाहियो।’ त्यस्तै नेता गौतमले जमिन माथिको व्यक्तिको स्वामित्व हटाउनु पर्ने धारणा राखेका छन्।

‘नागरिकलाई जग्गा दिनु भन्दा प्रतिपरिवार दुई जनालाई रोजगार दिउँ, जमिन आफैं नागरिकले किन्छन्,’ गौतमले भनेका छन्। नेता गौतमले राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै नेपालका सबै भूमिलाई भूमिवालाबाट चलनचल्तिको मूल्यमा सरकारले किनेर आफ्नो बनाउनु पर्ने धारणा राखेका छन्।

उनले भनेका छन्,‘ भूमिवालाबाट चलनचल्तिको मूल्यमा सरकारले किनेर आफ्नो बनाउनु पर्छ, भूमिलाई कसरी उपयोग गर्ने भनेर सरकारले योजना बनाओस्, त्यसपछि कोही पनि सुकुम्बासी हुँदैन् । नत्र, यसपटक जति जग्गा सरकारले उपलब्ध गराउँछ, अर्को वर्ष ५० प्रतिशतले जग्गा बेचेर फेरि सुकुम्बासी हुन्छन्, अनि फेरि जग्गा दिने? 

आफू सुकुम्वासी भन्दै जग्गा पाउँ भनेर हालसम्म १६ लाख आवेदन परेको छ। 

Skip This
Logo