एमाले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आज बस्दै

एमाले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आज बस्दै


नेकपा (एमाले) स्थायी कमिटी बैठक आज बिहान ११ बजे बस्दैछ। यस्तै केन्द्रीय कमिटी बैठक पनि आजै अपराह्न ३ बजे तुलसीलाल स्मृति भवनमा बस्ने भएको छ।
 
पार्टीमा असन्तुष्ट पक्षको वार्ता सहभागितालाई ध्यानमा राखेर २४ गते तोकिएको बैठक एक दिनपछि सारिएको सो पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

पार्टी एकताका लागि भन्दै दुवै पक्ष बैठकमा जुटेपनि हालसम्म कुनै प्रगति भएकाे छैन। 

Logo