जसपाका पदमुक्त सांसदहरुको सुनुवाइ हुँदै

जसपाका पदमुक्त सांसदहरुको सुनुवाइ हुँदै


लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)ले पदमुक्त गराएका तीन सांसदको रिटको आज सुनुवाइ हुँदैछ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा रिटको सुनुवाइ हुने भएको हो। जसपाले सांसदहरू विजय यादव, सन्तोष पाण्डेय र कल्पना पाण्डेलाई पदमुक्त गराएको थियो।
शंकर पोखरेल नेतृत्वको सरकारमा पार्टीको निर्णयविपरीत गएको भन्दै जसपा अध्यक्ष उपेन्द्र यादवले उनीहरूलाई कारबाही गर्दै अन्ततः पदमुक्त गराएको थियो।

त्यसविरुद्ध उनीहरू सर्वोच्च पुगेका हुन्। उनीहरूले पदमुक्त गराउने गरिको कारबाही असंवैधानिक भएको दाबी गरेका छन्। कारबाहीको निर्णय खारेज हुनुपर्ने उनीहरूको माग छ।

 

Logo