अपांगता भएका व्यक्तिहरुलाई अपमान हुनेगरी शब्दहरु प्रयोग नगरौंः सांसद पन्थ

अपांगता भएका व्यक्तिहरुलाई अपमान हुनेगरी शब्दहरु प्रयोग नगरौंः सांसद पन्थ


राष्ट्रिय सभाका सांसद प्रकाश पन्थले संसदमा अपांगता भएका व्यक्तिहरुलाई अपमान हुनेगरी शब्दहरु प्रयोग हुने गरेको भन्दै संसदको ध्यानाकर्षण गराएका छन्। 

बुधबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सत्तारुढ नेपाली कांग्रेसका सांसद पन्थले संसदको दुवै सदनमा अपांगता भएका व्यक्तिहरुको आत्मसम्मानमा ठेस पुग्नेगरी कतिपय शब्दहरु प्रयोग हुने भन्दै यसतर्फ सबै सांसदहरुको ध्यानाकर्षण गराएका हुन्। यस्ता शब्द प्रयोग गर्दा ध्यान दिनुपर्ने र आवश्यक परे संसदमा रेकर्ड भएका शब्द हटाउनसमेत सभामुख र अध्यक्षले रुलिङ गर्नुपर्ने उनले बताए। 

सांसद पन्थले सांसदले बोलेका शब्दहरुले विभिन्न जातजाति, भाषाभाषी, क्षेत्र, लिङ्गका व्यक्तिहरुको भावनामा समेत ठेस पुगिरहेको हुनसक्ने भएकाले त्यसतर्फ सचेत गराए। अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धी र अपांगता सम्बन्धी अधिकार ऐनमा समेत अधिकारहरुको स्पष्ट उल्लेख गरिएकाले अध्ययन गर्न पनि उनले सुझाव दिए।

Logo