लुम्बिनी प्रदेशः नयाँ मुख्यमन्त्रीलाई विश्वासको मत लिन किन हतार?

लुम्बिनी प्रदेशः नयाँ मुख्यमन्त्रीलाई विश्वासको मत लिन किन हतार?


लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान भएको छ। भदौ १ गते दिउँसो १ बजेका लागि प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाको ९ औं अधिवेशन आह्वान गरेको प्रदेश सभा सचिवालयले जनाएको छ।

नव नियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले अधिवेशनको पहिलो दिन नै प्रदेश सभामा विश्वासको मत लिने तयारीसमेत गरेका छन्। 

माओवादी केन्द्रका नेता प्रदेशसभा सदस्य दीपेन्द्रकुमार पुन मगरका अनुसार एक महिनाभित्र जहिले विश्वासको मत लिन चाहन्छु भन्यो त्यही दिन मत लिन पाउने हुँदा एक गते नै लिने तयारी रहेको जानकारी दिए।

केसी २८ साउनमा मुख्यन्त्री नियुक्त भएका थिए। नव नियुक्त मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ।

प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले जारी गरेको सूचनामा प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरेको उल्लेख छ।

किन विश्वासको मत लिन माओवादी केन्द्रले हतार गरेको भन्ने प्रश्नमा भने सांसद पुन मगरले यो हतार नभइ संवैधानिक अड्चन फुकाउन छिटो गरौं भनेर गरेको बताए । विश्वासको मत लिइसकेपछि काम गर्न सहज हुने उनले बताए।

विपक्षी एमालेले भने गठबन्धनभित्र द्वन्द्व सुरु भइसकेकाले मुख्यमन्त्रीले सुरुमै विश्वासको मत लिन तम्सिएको टिप्पणी गरेकाे छ। 

Logo