सरकारले नै भूतपूर्व गोर्खाहरुलाई हतोत्साहित गर्न खोज्यो, किन?: भीम रावल

सरकारले नै भूतपूर्व गोर्खाहरुलाई हतोत्साहित गर्न खोज्यो, किन?: भीम रावल


नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भूतपूर्व गोर्खाहरुको समस्या समाधानका लागि नेपाल सरकारको सहभागितामा वार्ता समिति गठन गर्नुपर्नेमा अहिलेसम्म वार्ता समिति गठन नगरेको भन्दै आपत्ति जनाएका छन्।

उनले समस्या समाधान गर्न तुरुन्त वार्ता टोली गठन गर्नुपर्नेमा जोड दिएका छन्। त्यस्तै नेपाल सरकारले नै भूपू गोर्खा सैनिकहरुलाई हत्तोसाहित गर्नु खेदजनक भएको पनि बताएका छन्।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा रावलले १० दिनदेखि आमरण अनसनमा बसेका भूपू गोर्खाहरुको माग सम्बोधनका लागि बेलायत सरकारले वार्ता टोलीसमेत नबनाउनु आपत्तिजनक भएको बताए। 

समस्या समाधानका लागि अब नेपाल सरकारको सक्रिय संलग्नतामा पहल गर्नुपर्ने रावलले बताए।

‘भूतपूर्व गोर्खाहरुको समस्या समाधानका लागि अब नेपाल सरकारको सक्रिय संलग्नतामा पहल गर्नुपर्छ’, उनले भने।

त्यस्तै रावलले आफ्ना देशका नागरिकहरुको हकहितमा जोडदार आवाज उठाउनुपर्नेमा आफ्ना न्यायोजित माग उठाउने भूतपूर्व गोर्खाहरुलाई हतोत्साहित गर्ने गतिविधि गर्नु खेदजनक रहेको बताएका छन्।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Skip This
Logo